दल

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट

इकागज |
जेठ ६, २०८१ आइतबार १६:५५ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ जना सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् । 

यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गरेका हुन् ।


जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । उनले सर्वोच्चको सो फैसला नआउन्जेल विश्वासको मत लिने प्रक्रिया रोक्न माग गरेका छन् ।
 


Author

थप समाचार
x