दल

‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

इकागज |
जेठ ७, २०८१ सोमबार ११:५७ बजे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।


प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।


Author

थप समाचार
x