दल

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

इकागज |
जेठ ७, २०८१ सोमबार १४:३६ बजे

काठमाडौँ- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका हुन् ।


प्रतिपक्षीले विरोध गरिरहेको बेला संसद् संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे ।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप समेत लगाएका छन् । 


Author

थप समाचार
x