दल

प्रकाशशरणको टिप्पणी : संसद्‍को मूल्य मान्यतालाई सरकारमा बस्‍नेहरूले तिलाञ्जली दिए

इकागज |
जेठ ७, २०८१ सोमबार १५:११ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरूले तिलाञ्जली दिएको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै महतले विपक्षी दललाई बेवास्ता गरेर सदनको कामकारबाहीलाई अघि बढाएको र संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरूले तिलाञ्जली दिएको टिप्पणी गरेका हुन् । यो लोकतन्त्र र संविधानका लागि राम्रो संकेत नभएको उनले बताए ।


सहकारी प्रकरणमा कांग्रेसले राखेको माग पूरा गर्न सरकार तयार नभएको उनको भनाइ छ । उनले पद र हैसियतभन्दा तल झरेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएको धारणा राखे ।

प्रवक्ता महतले प्रतिपक्षीको विरोधका बीच संसदमा विश्वासको मत लिने काम संसदको इतिहासमा नै अनौठो नजिर स्थापित भएको बताए । ​उनले संविधानको खिलापमा गठबन्धनका दलहरू लागेको आरोप लगाए ।


Author

थप समाचार
x