दल

कांग्रेसको ठहर : सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो

इकागज |
जेठ ७, २०८१ सोमबार १५:१८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरूलाई जोगाउनका लागि उद्धत रहेको टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको लेखकले बताएका छन् ।


उनले भने, ‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’

यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमका पनि संसदीय मूल्य र मान्यताविपरीत भएको निष्कर्ष निकालेको छ ।


Author

थप समाचार
x