कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो : जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !
काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा कांग्रेसलाई चुनौती दिँदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे ।
लेखकले संसदमा भएका गतिविधि संसदीय मूल्य र मान्यता विपरीत भएको बताउँदै आफूहरू यसको विरुद्ध लड्ने बताए । उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया