दल

कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त हुन सकेन : ओली

इकागज |
जेठ ८, २०८१ मंगलबार १४:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त केन्द्रित हुन नसकेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कांग्रेस सत्ता स्वार्थमा मात्र लागेको र लोकतान्त्रिक मुल्य मान्यतामा अडिग नहुँदा तत्कालै सहकार्य हुन सक्ने स्थिति नदेखिएको बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफुलाई सम्हाल्न सक्नुपर्ने बताउँदै संसद्‌मा रहेको गतिरोधबीच नै बजेट पारित हुन सक्ने धारणा राखे ।​


अगाडिका वर्षहरूमा पनि विरोधकाबीच बजेट ल्याइएको भन्दै अब पनि विरोधकैबीच बजेट आउने उनको भनाइ छ । अध्यक्ष ओलीले बैशाख ५ गते बेलुका भएको सहमति अनुसार अघि बढ्न सके संसदीय छानविन समिति बन्न सक्ने धारणा राखे ।

मुलुकमा लोकतान्त्रिक मुल्य मान्यता र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अगाडि बढाउन सहमति र सहकार्यमा एमाले जुटेको उनले बताए । 


Author

थप समाचार
x