दल

टीकापुर जग्गा प्रकरणमा मेरो संलग्‍नता छैन, पावरमा हुनेले मनगढन्ते कुरा गरे : आरजु देउवा

इकागज |
जेठ ८, २०८१ मंगलबार १५:० बजे

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले आफूले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिइन् । आफूले ५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उनले बताइन् । उनले पावरमा हुनेले मनगढन्ते कुरा गरेको टिप्पणी गरे ।


यस विषयमा आफूले सरोकारवाला निकायमा रिपोर्टिङ गरिसकेको जिकिर उनले गरिन् ।

सरकारले टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ । 


Author

थप समाचार
x