दल

डा. शेखर कोइरालाको गृहमन्त्री लामिछानेलाई चुनौतीः गल्ती नगरेको भए अर्को मन्त्रालयमा गएर देखाउनू

इकागज |
जेठ १०, २०८१ बिहीबार १३:३३:४१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई गल्ती नगरेको भए अर्को मन्त्रालयमा जानलाई चुनौती दिएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गल्ती नगरेको भए अर्को मन्त्रालयमा जान  र प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको टिप्पणी गरेका छन् ।


'प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस्,’ उनले भने,’ कान्तिपुरलाई तर्साएको र ढाकछोप गरेको हो । मिडिया र पत्रकारमाथि तर्साउने काम भइरहेको छ ।‘

प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने उनले उल्लेख गरे । ‘मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन,’ उनले अगाडि थपे,’ मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ ।‘

कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको जिकिर गरे । ‘देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ,’ उनको भनाइ छ,’ यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ ।‘

सञ्चारकर्मीहरूलाई उनले त्रासमा नरहन पनि आग्रह गरे । नेपाली कांग्रेस सधैँ साथमा रहने र निर्वाध भई निडरका साथ काम गरेर अगाडि बढ्न उनले सुझाव दिए ।


Author

थप समाचार
x