दल

सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ति प्रकट गरे - महामन्त्री शर्मा

इकागज |
जेठ १०, २०८१ बिहीबार १७:२८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ति प्रकट गरेको बताएका छन् । 

बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसदमा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफुमाथि लागेको आरोपको पनि घुमाउरो तरिकाले स्वीकारोक्ति प्रकट गरेको बताएका हुन् । 


कांग्रेसको सांसद, सभापति, दाजु भाउजु लगायतमाथि नामै लेखेर छानबिन गर्न उनले चूनौती दिए । शर्माले जो माथि छानबिन भएर दोषी देखिन्छ उही नै जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे । 

रवि लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानबिन समितिले निकाल्ने निष्कर्षलाई भने स्वीकार गर्न सक्नुपर्ने बताए । 

उनले संसदीय छानबिन समिति गठनमा सत्तापक्षले सबैलाई एकमुष्ट छानबिन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए । उनले विदेशीलाई सूचना बेच्ने गृहमन्त्रीको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । 


Author

थप समाचार
x