दल

नेपाल कसरी विदेशीको क्रिडास्थल बन्यो ? राप्रपा बैठकमा लिङ्‌देनले यसरी खुलाए

इकागज |
जेठ ११, २०८१ शुक्रबार १३:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‌देनले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन् ।


अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए । उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रुपमा उभिने अठोट गरेको जिकिर गरे । अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चुनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरूको क्रिडास्थल बन्न पुगेको धारणा राखे । पार्टीले आफ्ना मागलाई स्थापीत गराउन निरन्तर आन्दोलन गर्ने र बिभिन्न ढंगबाट राज्यलाई दवाव दिन निरन्तर अभियान चलाउने उनले बताए ।

तीन दिनसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भइ पारित गर्ने कार्यसूची रहेको छ । 


Author

थप समाचार
x