Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

अध्यादेशबाट बजेट ल्याउने तयारी भएको छैन : प्रमुख सचेतक पाण्डे

इकागज |
जेठ ११, २०८१ शुक्रबार १४:३१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन् । सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उनको भनाइ छ । उनले संसद् चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए ।


त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसलाई संसदमा बोल्न नदिएको कुरा सही नभएको बताए । उनले प्रतिपक्षीले उठाएका मागलाई सम्बोधन गर्नेक्रममा कार्यदलमा छलफल हुँदा सदनको अवरोध हटाउन कांग्रेस तयार नभएको धारणा राखे । कांग्रेस निकासका लागि गम्भीर नभएको हो कि भन्ने आभाष भएको उनको भनाइ छ ।

उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सदनबाट बजेट ल्याउन नसक्ने अवस्था आए त्यसको सम्पूर्ण जवाफदेहिता र जिम्मेवारी कांग्रेसकै हुने बताए ।


Author

थप समाचार
x