दल

संसद्‍मा कांग्रेसलाई बोल्न दिइएन : महामन्त्री शर्मा

इकागज |
जेठ ११, २०८१ शुक्रबार १४:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरे पनि बोल्न नदिएको बताएका हुन् । उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरे । शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे ।


मिडिया हाउसका सञ्चालकको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुई वटा पासपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आए पनि गिरफ्तार नगरिएको उनको भनाइ छ । उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए ।

शर्माले गिरिबन्धु प्रकरणमा पनि छानबिन समिति बनाउन सुझाव दिए । शर्माले गृहमन्त्रीले आरोप लगाएका कांग्रेसका सबै नेता, परिवार लगायतमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए ।


Author

थप समाचार
x