Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भयो : माधव नेपाल

इकागज |
जेठ ११, २०८१ शुक्रबार १६:३७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् ।


अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भएपनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले विषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरू उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे ।

त्यस्तै नेपालले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x