Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक जारी

इकागज |
जेठ १२, २०८१ शनिबार १७:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अघि सुरु भएको छ । 


कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारबाही अगाडि बढाउन नदिने बताउँदै आएको छ । आज यसअघि सत्ता पक्षले रवि लामिछानेको नाम उल्लेख नगरी उनको नाम जोडिएका सहकारीहरूको नाम उल्लेख गरेर संसदीय छानबिन गर्ने विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।


Author

थप समाचार
x