दल

कार्यदलको बैठक सकियो, शीर्ष नेताहरूबीच छलफल हुने

इकागज |
जेठ १२, २०८१ शनिबार १९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ ।

बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए । 


उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनीको नाम समेत उल्लेख गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताए ।

अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शीर्ष नेताहरूसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताए ।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
 


Author

थप समाचार
x