Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै प्रदर्शनीमार्गमा तरुण दलको राँके जुलुस

इकागज |
जेठ १२, २०८१ शनिबार १९:५० बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै युवा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौँमा राँके जुलुस निकालेको छ ।

पार्टीले आइतबार काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको हो । सो क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।


कांग्रेसले आइतबार काठमाडौँको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x