दल

सहकारी ठगीविरुद्ध सडकमा कांग्रेस (तस्बिरहरू)

अनुज बज्राचार्य |
जेठ १३, २०८१ आइतबार १६:३ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।


उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्ने क्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका  कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x