दल

सामान्य कुरालाई लिएर संसद् अवरोध हुन पुग्यो : कृष्ण सिटौला

इकागज |
जेठ १४, २०८१ सोमबार १४:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद् अवरोध हुन पुगेको बताएका छन् ।

गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद् अवरोध हुन पुगेको बताएका हुन । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका मन्त्र‍ीहरूमाथि छानबिनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे ।


त्यस्तै उनले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गरे ।​ उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दाबी समेत गरेका छन् ।


Author

थप समाचार
x