Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

एमालेलाई कांग्रेसको जवाफ : ओलीले गिरीबन्धु प्रकरणमा कांग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ

इकागज |
जेठ १४, २०८१ सोमबार १८:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण सुरु गरेको बताउँदै आफूहरूले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।


एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

महामन्त्री शर्माले भने, 'सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संविधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?'

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफूहरूले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफूहरू मौन धारण नगर्ने बताए ।


Author

थप समाचार
x