दल

कांग्रेसले संसदीय छानबिन समितिका विषयमा अडान कायमै राख्‍ने

इकागज |
जेठ १४, २०८१ सोमबार १८:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय छानबिन समितिका विषयमा पार्टीले राखेको अडान कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यदल र प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा पार्टी पदाधिकारी बैठकमा छलफल भएको बताए ।


उनले अब प्रधानमन्त्रीसँग हुने छलफल पनि कांग्रेसले अघि सार्दै आएको मागका बारेमा नै अडान राख्ने निर्णय भएको जानकारी दिए । परियारले विगतदेखि राख्दै आएका कुरालाई अघि सार्ने र सहमतिको विन्दु खोज्ने प्रयास गर्ने बताए ।


Author

थप समाचार
x