दल

विपक्षी दलहरूको बैठक बस्दै

इकागज |
जेठ १५, २०८१ मंगलबार ९:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकाले विपक्षी दलहरूको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ । संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ । 



Author

थप समाचार
x