दल

‘संसदीय छानबिन समिति गठन हुने’

इकागज |
जेठ १५, २०८१ मंगलबार ११:४३ बजे

फाइल फोटो

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने भएका छन् ।  प्रतिनिधिसभाको आज अपरान्ह ४ बजे बस्ने बैठकबाट समिति गठन गरिने भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

आज बिहान बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक लेखकले प्रतिनिधिसभा बैठकबाट समिति गठन गरिने जानकारी दिए । समितिमा रहने सांसदहरूको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराइने उनले बताए ।


उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’

लेखकले कांग्रेसले उठाउँदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताए । उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी गर्ने र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिको बारेमा छानबिन गर्ने उनले बताए ।

संलग्न सबै व्यक्तिको छानबिन हुने तर कार्यादेशमा व्यक्तिको नाम जोड्न आवश्यक नरहेको निष्कर्षमा कांग्रेस पुगेको उनले बताए । 
 

 


Author

थप समाचार
x