बजेटमा सुधारका कार्यक्रम देखिएनन् : पूर्व अर्थमन्त्री महत
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।
पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चाहे जस्तो ठूलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए ।
महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भए पनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरू बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजनाबारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।
डा. महतले प्याज, आलु र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरूले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया