दल

गैर सहकारीवालाहरूको प्रवेश भएकाले केही सहकारी बदनाम भयो : अध्यक्ष ओली

इकागज |
जेठ १६, २०८१ बुधबार १९:२८ बजे

फाइल फाेटाे

काठमाडौँ  - एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठन बलियो भएका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलामा बोल्दै उनले अहिले पनि एमाले विद्यार्थी संगठनसंग चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत कसैसँग नभएको जिकिर गरे ।

ओलीले सहकारीमा गैर सहकारीवालाहरुको प्रवेश भएकाले केही सहकारी बदनाम भएको बताए । उनले साँचो उद्देश्यका साथ स्थापना भएका सहकारी अहिले पनि संकटग्रस्त नरहेको उल्लेख गरे । 


दुई दिनसम्म चल्ने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सुत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने एमालेले जनाएको छ । 

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगायतको सहभागिता रहेको छ । 


Author

थप समाचार
x