दल

सत्ता समीकरणमा सल्लाह भएर नै माधव नेपाल बुढानिलकण्ठ जानु भएको हो : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ १८, २०८१ शुक्रबार १४:४२ बजे

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरूले राखेको जिज्ञासाको जवाफमा प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । उनले सत्ता समीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रूपमा लिन आग्रह गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको पाण्डेले बताए ।

बैठकमा १२ जना सांसदहरूले बजेटका विषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।


Author

थप समाचार
x