Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

बजेटमा देखिएका कमीलाई औंल्याउँदै एमालेले बजेटलाई समर्थन र पारित गर्छ : केपी ओली

इकागज |
जेठ १९, २०८१ शनिबार १४:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको बजेट अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरेका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरेका हुन् । उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमी देखिएको धारणा राखे ।


मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरी समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्योल जस्तो देखिएको ओलीले बताए । यद्यपि बजेटमा अन्य धेरै राम्रा कार्यक्रमहरू आएको उनको भनाइ छ । अध्यक्ष ओलीले बजेटमा देखिएका कमीलाई औंल्याउँदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे ।

उनले बजेटमा रहेका आफ्ना मतहरूलाई संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र पर्याप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिए ।  


Author

थप समाचार
x