दल

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप [भिडियो]

इकागज |
जेठ २२, २०८१ मंगलबार १२:५५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।


उनले नेताहरूलाई गाली गलौज गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लाँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।

 

भिडियो:

 


Author

थप समाचार
x