दल

मुलुकको आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो होइन - गगन थापा

इकागज |
जेठ २३, २०८१ बुधबार १६:० बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुने आधार अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् । 


आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ । उनले राजस्वको लक्ष्य भेट्ने आधारका बारेमा पनि प्रष्ट पार्नुपर्ने बताए । थापाले राष्ट्रिय गौरवको आयोजनाहरूमा अन्त्य न्यून बजेट विनियोजन गर्दा दशकौंसम्म पनि पुरा हुन अवस्था नदेखिएको धारणा राखे । पूँजीगत खर्चको योजनाका बारेमा पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्षले नै बजेटसँग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए । उनले मुलुकको राजनीतिक समीकरण परिवर्तन भइरहने हुँदा केही समयपछि बजेट आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्ने भन्दै कटाक्ष गरे । 


Author

थप समाचार
x