दल

आवश्यक पूर्वधार निर्माण नगरेर राज्यले जनताको हत्या गरिरहेको छ : निशा डाँगी

इकागज |
जेठ २४, २०८१ बिहीबार १३:५४ बजे

काठमाडौं - सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी सांसद निशा डाँगीले आधारबिनाका पूर्वाधारमा लगानी गर्न बन्द गर्न सरकारसँग माग गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा गर्नेकाम पनि तत्काल बन्द हुनुपर्ने धारणा राखिन् । 


उनले पछिल्लो समय संघ, प्रदेश देखि स्थानीय तहसम्म बजेटको ठूलो हिस्सा के मा प्रयोग गरिरहेका छौँ भन्ने प्रश्न गर्दै भ्यु टावर, स्वागत गेट र कंक्रिटमा प्रतिमा च्याउसरि उम्रिएको तर्फ ध्यानाकर्षण गराइन् । 

बिना आधारका पूर्वाधारमा लगानी गरेर राज्यको अरबौँ रूपैयाँ खेर गइरहेको तथा अर्कातर्फ अत्यावश्यक र आधारभूत पूर्वाधारको अभावमा जनताले दुःख पाइरहेको जिकिर उनले गरिन् ।

“पर्याप्त र सुरक्षित सडक पूर्वाधारको अभावमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन । आवश्यक स्थानमा पुल नभएर नागरिकले ज्यान गुमाउन बाध्य छन् । अझ भनौँ हरेक वर्ष आवश्यक स्थानमा आवश्यक पूर्वधार निर्माण गर्न नसक्दा राज्यले जनताको हत्या गरिरहेको छ,” उनले भनिन्। 


Author

थप समाचार
x