दल

अहिलेको सत्ता समीकरण आगामी निर्वाचनसम्म नै अघि बढ्छ : महासचिव पोखरेल

इकागज |
जेठ २४, २०८१ बिहीबार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण आगामी निर्वाचनसम्म नै अघि बढ्ने बताएका छन् ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अहिलेको समीकरणको मुख्य साझेदार एमाले भएकाले समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहेको बताएका हुन् ।


उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी बनाउन सुझाव दिने गरेको भन्दै यसलाई विरोधका रूपमा बुझ्न नहुने धारणा राखे । बजेटका विषयमा सत्ता साझेदार दलसँग छलफल भएको भए अझै राम्रो बनाउन सकिने एमालेको धारणा रहेको भन्दै यसलाई सुझावका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

महासचिव पोखरेलले बजेटका बारेमा पार्टीका नेताहरूबाट जेजस्ता धारणा आए पनि आफूहरू बजेटका विपक्षमा नजाने स्पष्ट पारे ।

उनले बजेटमार्फत राजस्वको लक्ष्य र आकारमा सन्तुलन नमिल्दा बाह्य तथा आन्तरिक ऋण लिनुपर्ने अवस्था देखिएको र यसको असर प्रत्यक्ष उपभोक्तामा पर्ने जिकिर गरे । 


Author

थप समाचार
x