दल

माओवादीले सामाजिक अभियन्तासँग अन्तर्क्रिया गर्ने

इकागज |
जेठ २४, २०८१ बिहीबार २०:२४ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ वृहत्तर अन्तर्क्रिया एवं भेला गर्ने भएको छ ।

यही जेठ २५ र २६ गते काठमाडौँ आयोजना गरिएको भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिए । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भेलाले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।


भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आमसामाजिक अभियन्ताले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने प्रमुख पहाडीको भनाइ छ ।

भेलामार्फत सामाजिक सङ्घसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा प्रष्ट परिने उनले बताए ।


Author

थप समाचार
x