दल

शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

इकागज |
जेठ २६, २०८१ शनिबार ८:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले प्रश्न गरेका हुन् ।

त्यस्तै दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । उनले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रश्न गरेका हुन् ।


'लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?' कोइरालाले प्रश्न गरेका छन् ।

उनले नाम उल्लेख नगरे पनि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण हुँदैछ । शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाने कार्यक्रम रहेको छ ।

केहि दिनअघि मन्त्रिपरिषद्‌ बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।


Author

थप समाचार
x