दल

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो : झलनाथ खनाल

इकागज |
जेठ २६, २०८१ शनिबार १६:५० बजे

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ विना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए ।  


नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ भने । 'अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ,' उनले भने । 

समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले सङ्घीय शासन व्यवस्थामा तीनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x