दल

गृहमन्त्री लामिछानेले भने - काँग्रेसलाई जवाफ दिन तयार छु

इकागज |
जेठ २७, २०८१ आइतबार १२:३३ बजे

फाइल फोटो

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताएका छन् । 

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मूल्य मान्यता र मर्यादाहीन भएको आरोप लगाएपछि आफू त्यसबारे जवाफ दिन तयार रहेको समेत बताए । 


उनले आफूले सञ्चारमाध्यममा आएका अन्य विषयहरू सदनमा राखेको प्रष्ट पारे । लामिछानेले अनुसन्धानको विषय बाहिर हल्ला नहुने बताउँदै  विभिन्न घोटाला काण्डहरूको छानबिन कार्य भइरहेको र समय आएपछि त्यसबारे जानकारी दिने बताए । 

गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी लगायत विभिन्न कार्यक्रम सम्बोधन गर्न विराटनगर पुगेका हुन् । 


Author

थप समाचार
x