दल

तोसिमाको प्रश्न - अस्पतालहरूले विपन्‍न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निशुल्क सेवा कहिले दिन्छ ?

इकागज |
जेठ २९, २०८१ मंगलबार १२:० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सरकारी अस्पतालले विपन्न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा नदिएको पाइएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अनुगमनमा जाँदा १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा उपलब्ध नगराएको पाइएको बताउँदै कहिलेबाट दिने हो भन्दै प्रश्न गरेकी छिन् । 

उनले भनिन, 'यसको निश्चित मापदण्ड छैन, बिरामी संख्याको १० प्रतिशत शैय्या हो कि कूल अस्पतालको १० प्रतिशत शैय्या दिने हो भन्ने यसमा स्पष्ट हुन जरुरी छ ।' उनले कतिपय अस्पतालले विपन्न नागरिकलाई बेड चार्ज निःशुल्क गराएर अन्य सेवा सुविधामा चर्को मूल्य लिएको पाइएको बताएकी छिन् । 



Author

थप समाचार
x