दल

अराजक गतिविधि गर्नेलाई संगठनभित्र रहने छुट छैन : युवा संघ नेपाल

इकागज |
जेठ २९, २०८१ मंगलबार १८:३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले अराजक गतिविधि गर्नेलाई संगठनभित्र रहने छुट नभएको जनाएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा संघ नेपालले संगठन विधि विधानअनुसार सञ्चालन हुने भन्दै समानान्तर भेला लगायतका अराजक गतिविधि गर्ने छुट कसैलाई नरहेको जनाएको हो ।


युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले विधि विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि गरेकाले नै सहसंयोजक नितेश पौडेल, सदस्यद्वय रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको बताए । यसअघि सहसंयोजक पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो । संयोजक विश्वकर्माले संगठन भित्रको असन्तुष्टिलाई सम्बोधन गर्न आफूले पटक पटक छलफल बोलाए पनि नआएको बताए ।

उनले सम्पूर्ण ध्यान महाधिवेशनमा रहेको भन्दै संगठनलाई थप मजबुत बनाएर अघि बढाउने जिकिर गरे । 


Author

थप समाचार
x