दल

भीम रावलको टिप्पणी : दुई देशको राहदानी हुने र विदेशीसँग विवाह गर्ने मन्त्रीहरूमाथि छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य

इकागज |
जेठ २९, २०८१ मंगलबार १८:२० बजे

काठमाडौँ- पूर्वगृहमन्त्री डा. भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाउँदै टिप्पणी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै रावलले दुई वटा नागरिकता तथा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन हुनुपर्ने कुरा स्वागतयोग्य रहेको बताएका हुन् ।  


गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओहदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए । 

उने लेखेका छन्, 'दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ ।'


Author

थप समाचार
x