दल

पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : कांग्रेस प्रवक्ता महत

इकागज |
जेठ २९, २०८१ मंगलबार १८:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा काम गरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् ।


अत्यन्त व्यावसायिक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ । उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।


Author

थप समाचार
x