दल

देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ : डा. शेखर

इकागज |
जेठ ३०, २०८१ बुधबार १६:११ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेढ बर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरूले अन्त्यन्तै गम्भीर ढंगले समीक्षा गर्नुपर्ने समेत बताए । 


राजनीतिक वा सरकारको स्थिरता विना मुलुकमा आर्थिक बिकास हुन नसक्ने भन्दै स्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए । 

कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पारे । विभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआइबीले दुख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरूबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ । 

उनले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे । 


Author

थप समाचार
x