दल

पुराना दलका नेताहरु धृतराष्ट बनिसके : डा बाबुराम भट्टराई

इकागज |
जेठ ३०, २०८१ बुधबार १६:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् । 

पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरूप लगाएका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । 


उनले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे । भट्टराईले राजनीतिक स्थिरता र भ्रष्टाचार मुक्त देश नबनाएसम्म विकास हुन नसक्ने बताए । 

उनले पुराना दलका नेताहरु धृतराष्ट बनिसकेको भन्दै उनीहरुको बाहुपासमा नफस्न नयाँ दलका नेताहरूलाई सुझाव दिए । 

उनले देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिले नै भएकाले बताए । 


Author

थप समाचार
x