Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आयो : रेशम चौधरी

इकागज |
जेठ ३०, २०८१ बुधबार १६:५५ बजे

फाइल फाेटाे

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन् । 

समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अब उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका हुन् । 


उनले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारूहरूलाई ८ बर्ष जेल पठाइएको जिकिर गरे । 

जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उनले गृहमन्त्री समक्ष आग्रह गरे । उनले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको धारणा राखे । 

चौधरीले श्रीमान श्रीमतीबीच फाटो ल्याउन खोज्ने दलहरूले देशको विकास गर्न नसक्ने तर्क गरे । 

उनले आफूलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफू रतिभर पनि त्रसित नहुने बताए । 


Author

थप समाचार
x