Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

पहुँचका भरमा कनिका छरेजस्तो बजेट विनियोजन भयो : डा महत

इकागज |
जेठ ३०, २०८१ बुधबार १७:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट पूवाग्रहीपूर्ण रहेको आफ्नो भनाइ पुष्टि हुँदै गएको बताएका छन् । 

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको विनियोजित शीर्षकमाथिको छलफल हुँदै गर्दा विभिन्न मन्त्रालयमाथि पूवाग्रहीपूर्ण तवरले बजेट विनियोजन गरिएको पुष्टि भएको बताएका हुन् । 


उनले पहुँचका भरमा कनिका छरेजस्तो बजेट विनियोजन भएको र अहिलेजस्तो गलत ठाउँमा बजेट दिने काम यसअघि कहिल्यै नदेखिएको धारणा राखे । त्यस्तै आफ्ना अनुकूल भएको व्यक्तिको संघसंस्थालाई पनि अव्यवहारिक रुपमा बजेट वितरण गरिएको आरोप लगाए । 

उनले बजेटले निराशा दिने काम बाहेक केही दिन नसकेको जिकिर गरे । 


Author

थप समाचार
x