Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

योगेश भट्टराईको प्रश्न - प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट किन कम छुट्याइयो ?

इकागज |
जेठ ३१, २०८१ बिहीबार १२:२ बजे

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट कम छुट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउँदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए ।


उनले भने- 'सरकारको पूर्व तयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई वार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?'

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले प्रतिकूल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताए ।

उनले देश भर नै विपदको पूर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


Author

थप समाचार
x