दल

जब डा. शेखरले मधेशको ४२ डिग्री गर्मीलाई छल्दै जनकपुर झर्ने निर्णय गरे...

इकागज |
जेठ ३१, २०८१ बिहीबार १८:९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- गर्मीको मौसम छ । यस वर्ष देशैभर तापक्रम वृद्धिको ग्राफ बढ्दो छ । सबैभन्दा बढी मधेश प्रदेशकै जिल्लामा गर्मी छ । दिन प्रतिदिन तापक्रम उकालो लाग्दा तराईको जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ ।

तर, यहीँ बढेको तापक्रमलाई बेवास्ता गर्दै नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइराला मधेश झर्दै छन् । जहाँ उनले ४२ देखि ४४ डिग्री सेल्सियसको तापक्रमलाई छल्दै कार्यकर्तालाई ब्युत्याउन र पार्टीको समसामयिक गतिविधि बुझ्ने भएका छन् ।


जनकपुरमा उनले बढेको तापक्रममा आफ्नो राजनीतिक ओज बढाउन लाग्दै छन् । बढेको गर्मीलाई बिर्सेर हराउँदै गएको कार्यकर्ताको आवाजलाई उनले सुन्ने छन् । मधेशमा मलिन नेपाली कांग्रेसलाई चर्को स्वर दिन उनले जोड गर्ने छन् । जसरी गर्मीमा मानिस तात्तिन्छन् त्यसैगरी राजनीतिलाई चलायमान बनाउन शुक्रबार बिहानै मधेश प्रदेश झर्दै छन् ।

नेपाली कांग्रेस धनुषाले आयोजना गरेको पार्टी कार्यालयमा सहभागी हुन अगुवा कार्यकर्ता भेटघाटमा सरिक हुने उनको सचिवालयले जनाएको छ । उनले जिल्लास्थित पार्टीको अवस्था र समग्र कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम तय भइसकेको छ ।

मधेश प्रदेश कार्यालय जनकपुरमा मधेश प्रदेशसभा सदस्यसँग उनको छलफल कार्यक्रम रहेको छ ।

त्यसैगरी, शनिबार संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया रहेको छ । महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।


Author

थप समाचार
x