Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १६:५३ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ ।


नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेर जितेका थिए ।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको दाबी गर्दै आएका छन् । 

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकाले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटा अहिले गण्डकीमा ऊर्जा मन्त्री बनेका छन् ।


Author

थप समाचार
x