दल

सरकारमा बसेको सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको छु : रवि लामिछाने

इकागज |
असार १, २०८१ शनिबार १४:४१ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको एक सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन् ।

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरे पनि नराम्रो नगरेको भन्दै १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका हुन् ।


उनले पार्टीले सम्हालेको चार वटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराब वा बेथितिको काम समेत नगरेको धारणा राखे । गृह मन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोखिएको र संगठनको इज्जत राख्ने गरी काम गरेको उनले बताए ।

लामिछानेले कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्ने उल्लेख गरे । उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।  साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए ।


Author

थप समाचार
x