दल

डा. शेखर र सुजाताबीच भेटवार्ता

इकागज |
असार ४, २०८१ मंगलबार १४:३२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइराला र कांग्रेस नेतृ सुजाता कोइराला बीच भेटवार्ता भएको छ । सोमबार नेतृ कोइरालाको निवास बुढानिलकण्ठमा उनीहरू दुई जनाको भेटवार्ता भएको हो ।

भेटघाटमा कोइराला परिवार राजनीतिक रुपमा एक भएर जानुपर्ने सन्देश दिनुपर्ने गरी छलफल भएको थियो । गत अधिवेशनमा जे-जे भए पनि आगामी १५ औँ महाधिवेशनमा सुजाता कोइरालालाई डा. शेखरलाई सभापति बन्नुपर्छ भनी अनुरोध गरेकी थिइन् ।


उनले डा. शेखरलाई आगामी महाधिवेशनमा आफ्नो पुरा साथ र सहयोग हुने बताएकी थिइन् ।  केही समयदेखि नेतृ कोइराला अस्वस्थ भएकाले बुढानिलकण्ठस्थित आफ्नै निवास आराम गर्दै बसि रहेकी छन् ।

 


Author

थप समाचार
x