दल

महेश बर्तौलाको प्रश्न - दुध बेचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्ने अवस्था किन आयो ?

इकागज |
असार ५, २०८१ बुधबार १४:२९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा दूध बेचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै दुग्ध किसानको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 


डिडिसीबाट दुई अर्ब र निजी डेरीबाट करिब ३ अर्ब लिन बाँकी हुँदा कृषकहरू पीडित भएको उनले बताए । उनले कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीले किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी बक्यौता अबिलम्ब हुने वातावरण बनाउनुपर्ने जिकिर गरे । 

उनले न्यायोचित माग पुरा गर्नका लागि किसानहरूले डिडिसीमा धर्ना दिँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । 


Author

थप समाचार
x