दल

माओवादीले कारबाही गरेका फणिन्द्रले दायर गरे सर्वोच्चमा रिट

इकागज |
असार ६, २०८१ बिहीबार १८:५३ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले रिटमा आफू माओवादी केन्द्रको सदस्य नभएर नेपाल समाजवादी पार्टीको सदस्य र उम्मेदवार भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन पाउने व्यवस्थाअनुसार आफूले माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको उल्लेख गर्दै गण्डकी प्रदेशका सभामुखले गरेको निर्णयको विरुद्ध अन्तरिम आदेशको माग गरेका छन् ।



Author

थप समाचार
x